भरतपुर अस्पतालबाट १९ जना कोरोना संक्रमित डिस्चार्ज

भरतपुर अस्पतालबाट १९ जना कोरोना संक्रमित डिस्चार्ज

असार ९ काठमाडौं

चितवनको भरतपुर अस्पतालबाट १९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार डिस्चार्ज गरिएकाहरुमा भरतपुर महानगरका १० जना, माडी नगरपालिकाका ६ जना, नवलपरासी बर्दघाट–सुस्ता पूर्वका २ जना र कपिलवस्तुका १ जना छन् । उनीहरुमध्ये तीन जनाको पीसीआर नतिजा नेगेटिभ आएपछि र बाँकी १६ जनाको १४ दिनसम्म पनि कोरोना संक्रमणको लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको हो ।

सूचना अधिकारी पौडेलले दिएको जानकारी अनुसार सोमबार साँझ ३ जना घर गएका छन् भने १६ जना आज मंगलबार घर जाँदै छन् । १९ जना डिस्चार्ज भएपछि अस्पतालमा अब ११ जना उपचाररत छन् । यसअघि अस्पतालबाट उपचार पाएर ९ जना संक्रमित फर्किएका थिए । एकजनाको मृत्यु भएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार