तनहुँमा क्वारेन्टिनमा बसेका एक पुरुषले गरे आत्महत्या

तनहुँमा क्वारेन्टिनमा बसेका एक पुरुषले गरे आत्महत्या

असार १० काठमाडौ

तनहुँमा क्वारेन्टिनमा बसेका एक व्यक्तिले झुन्डिएर आत्महत्या गरेका छन् ।  घिरिङ गाउँपालिका–३ सुन्धारास्थित चन्द्रज्योति माध्यमिक विद्यालयको क्वारेन्टिनमा बस्दै आएका अन्दाजी ४९ वर्षीय पुरुषले मंगलबार राति झुन्डिएर आत्महत्या गरेका हुन् ।

गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्णप्रसाद रिमालका अनुसार आफू बस्दै आएको क्वारेन्टिनको कोठाको पँखामा ट्रयाकसुट च्यातेर झुन्डिएको अवस्थामा उनलाई फेला परेको हो । उनले भने, ‘राति करिब ८ बजेको समयमा खानाका लागि बोलाउने जाने क्रममा उनी बसेको कोठा भित्रबाट लक गरेको रहेछ ।

झ्याल खोलेर हेर्दा उनी पँखामा झुन्डिएको अवस्थामा क्वारेन्टिनमा बसेकाहरुले देखेपछि हामीलाई खबर भयो । उनले आफैंले लगाएको ट्रयाकसुट च्यातेर पंखामा झुन्डिएका रहेछन् ।’  राति नै प्रहरीलाई खबर गरिएको भएपनि अहिले घटना स्थलमा उनको मुचुल्का तयार पार्ने काम भइरहेको रिमालले बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार