आठबिसकोटमा पनि बिरोध प्रर्दशन

आठबिसकोटमा पनि बिरोध प्रर्दशन

हिरा परियार, असार १० काठमाडौ
रुकुम सोतीमा भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै आठबिसकोट नगरपालिका पनि बिरोध प्रर्दशन गरिएको छ । जेठ १० गते जिल्लाको चौरजहारी ८ सोतीमा छिमेकी जिल्ला जाजरकोटका नबराज बिक सहित ६ जनाको ज्यान जाने गरि भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै बुधबार नेपाल दलित मुक्ति संगठन आठबिसकोटको अगुवाईमा बिरोध प्रर्दशन गरिएको हो ।

बिरोध ¥यालीलाई सम्बोधन गर्दै प्रमुख अतिथी नगरपालिकाका प्रबक्ता तथा वडा नम्बर १० का वडाध्यक्ष गंगाराम चँदाराले जनयुद्धको उद्धगम थलोमा मानब सभ्यता कै क्रुर घटना घट्नु निकै दुःखद कुरा भएको बताउनुभएको छ । उहाँले घटनाको निष्पक्ष छानबिन नभए अब रुकुम बाटै साँस्कृतिक क्रान्तिको सुरुवात गरिने चेतावनी दिनुभएको छ । यस्तै उक्त ¥यालीमा बोल्दै नगर प्रमुख गोर्ख बहादुर केसी सन्देशले जातिय अहङकार नहटेसम्म यस्ता खालका घटना घटि राख्ने बताउनुभएको छ ।

यस्तै नगर उपप्रमुख गिता नेपालीले मानब सभ्यतालाई चुनौति दिने गरि भएको उक्त घटनाका पिडितले न्याय नपाउन्जेल आन्दोलनलाई जारी राख्ने बताउनुभएको छ । बिरोध सभामा बोल्दै गोरख बहादुर कामी,सुरज परियार, नवराज परियार,सुनिता चँदारा,चन्द्र बहादुर बिक,प्रमबिर रसाइली,तुल बहादुर बिक, जेबि बिक लगाएतका दलित अधिकारकर्मीहरुले उक्त घटनाको निष्पक्ष छानबिनको माग गर्नुभएको छ ।

सिमबजारबाट सुरु भएको बिरोध ¥याली राडि बजार परिक्रममा गर्दै नेत्रचोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार