सोती घटना : वडाअध्यक्षसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

सोती घटना : वडाअध्यक्षसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

असार १० काठमाडौ
जिल्ला अदालत रुकुम पश्चिमले बुधबार सोतीगाँउ सामूहिक हत्याको घटनामा चार जनाबाहेक सबैलाई पुर्पक्ष थुनामा राख्ने आदेश दिएको छ । चौरजहारी नगरपालिका -८ का वडाअध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश अदालतले दिएको हो ।

जिल्ला न्यायाधीश विद्याराज पौडेलको इजलासले घटनामा जोडिएकी किशोरीको आमालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको पीडितका तर्फबाट बहसपैरवी गरेका अधिवक्ता आरसी गौतमले बताए । असार ५ गतेदेखि सुरु भएको थुनछेक बहस बुधबार सकिएको हो। ५ जना सरकारी वकिल र जाहेरीवालाको तर्फबाट ३ जना वरिष्ठ अधिबक्तासहित २० जनाले बहस गरेका थिए।

साथै आरोपितहरु इन्द्रबहादुर मल्ल, तिलबहादुर मल्ल र दिपेन्द्र चन्दलाई साधारण तारेखमा छाड्न आदेश गरेको छ । तीबाहेक अरु सबै आरोपित पुर्पक्ष थुनामा जानेछन् । यो आदेशमा चित्त नबुझाउने पक्षले उच्च अदालतमा निवेदन दिन पाउने बाटो भने खुला छ ।

यसअघि असार १ गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं ८ सोती गाउँकी १७ वर्षीया किशोरी र उनका भाईलाई नाबालक भएको हुँदा तत्कालका लागि सुधार गृहमा पठाउन अदालतले आदेश दिएको थियो। कुल ३४ जना प्रतिवादी मध्य ५ जना फरार रहेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार