राजु सदाको परिवारलाई ५ लाख सहयोग गर्ने प्रदेश सरकारको घोषणा

राजु सदाको परिवारलाई ५ लाख सहयोग गर्ने प्रदेश सरकारको घोषणा

असार १२ काठमाडौं

जीवनजल समेत नपाएर आइसोलेसनमा ज्यान गुमाएका धनुषाको हंसपुर नगरपालिकाका राजु सदाको परिवारलाई प्रदेश सरकारले ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले सदाको परिवारलाई अन्तरिम राहत स्वरुप ५ लाख दिइने जानकारी दिए ।

घटनाको छानबिन गर्न गठित समितिले काम सुरु गरिसकेको जनाउँदै मन्त्री यादवले छानबिनमा दोषी देखिने जोकोहीलाई कारबाही गरिने बताएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार