नेपालमा थप ३२ जनामा संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ११,७८७ पुग्यो

नेपालमा थप ३२ जनामा संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ११,७८७ पुग्यो

असार १३ काठमाडौ

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बाग्लुङ, स्याङजा र नवलपरासी पूर्वमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

बाग्लुङका ८ जना, स्याङजाका २२ र नवलपरासी पूर्वका २ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले विज्ञप्तिमार्फत् जनाएका छन्। संक्रमितमा ६ महिला र ३२ पुरुष छन्। स्याङजाको अर्जुनचौपारी गाउँपालिकामा १२ महिनाको शिशुमा पनि संक्रमण देखिएको छ।

नवलपरासी पूर्वका हुप्सेकोट गाउँपालिका र स्याङजाको वालिङ नगरपालिकाका संक्रमित आइसोलेसनमा बसिसकेको र अन्य निकायका व्यक्तिलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको जनाइएको छ। योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ८ सय ३८ पुगेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार