स्याङजामा ३४ जना कोरोना जितेर घर फर्किए

स्याङजामा ३४ जना कोरोना जितेर घर फर्किए

असार १३ काठमाडौ
स्याङजामा शनिबार एकैपटक ३४ जना सङ्क्रमित कोरोना जितेर घर फर्किएका छन् ।  कालिका सामुदायिक अस्पताल हेलुमा रहेका ३४ जना सङ्क्रमितको दोस्रो परीक्षण नेगेटिभ आएपछि उनीहरुलाई आज घर पठाइएको हो ।

अस्पतालमा रहेका ४१ जना सङ्क्रमितको दोस्रो परीक्षणका लागि स्वाब संकलन गरी पठाईएकोमा ७ जनाको भने दोस्रो परीक्षण पनि पोजेटिभ नै आएको छ । आज घर फर्कनेहरुमा गल्याङ नगरपालिकाका १६ जना, वालिङका १० जना, आँधीखोला गाउँपालिकाका ४ जना, अर्जुनचौपारी गाउँपालिकाका ३ जना र भीरकोट नगरपालिकाका १ जना रहेका छन् ।

योसँगै जिल्लामा कोरोना सङ्क्रमण मुक्त हुनेको संख्या ५६ पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार