सलह नियन्त्रणबारे एफएओ र पाकिस्तानी वैज्ञानिकसँग कृषि मन्त्रालयको छलफल

सलह नियन्त्रणबारे एफएओ र पाकिस्तानी वैज्ञानिकसँग कृषि मन्त्रालयको छलफल

असार १४ काठमाडौ

नेपाल भित्रिएको सलह किराको जोखिम न्यूनीकरण, प्रकोप नियन्त्रण तथा व्यवस्थापनका लागि शनिबार कृषि तथा पशुपन्छि विकास मन्त्रालयले संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठन (युएनएफएओ)  एसिया क्षेत्रीय कार्यालय, बैंकक र पाकिस्तानका विज्ञहरुसँग छलफल गरेको छ।

मन्त्रालयका उपसचिव गंगादत्त आचार्यका अनुसार एफएओ र पाकिस्तानका वैज्ञानिकहरुसँग सलह किरासम्बन्धी विज्ञहरुसँग मन्त्रालयले छलफल गरेको हो। ‘एफएओका विज्ञ प्रतिनिधि र पाकिस्तानको सलह नियन्त्रण केन्द्रका विज्ञहरुसँग छलफल भयो। सलह किराको पहिचान, यसका गतिविधि र नियन्त्रणका लागि अवलम्बन गर्न सकिने उपायलगायत विषयमा उनीहरुसँग प्राविधिक सहयोग माग्ने निर्णय भएको बताएको छ ।

मन्त्रालयले सलह प्रभावित सबै प्रदेश र स्थानीय तहसँगसँगै केन्द्र सरकारसँग रहेको विषादीको परिमाण, छर्कने उपकरण लगायतको अवस्थाबारे तत्काल तथ्यांक लिने पनि निर्णय गरेको छ।

सबै प्रदेश र स्थानीय तहमा खटिएका प्राविधिकलाई सलहको फैलावट र त्यसको दिशाबारे सुक्ष्म निगरानी गर्न निर्देशन दिने निर्णय पनि मन्त्रालयले गरेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार