भक्तपुरमा चार वर्षकी बालिकामा कोरोना संक्रमण पुष्टि

Duduwa Corona

भक्तपुरमा चार वर्षकी बालिकामा कोरोना संक्रमण पुष्टि

असार १४ काठमाडौं

भक्तपुरमा चार वर्षकी बालिकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

मध्यपुर थिमिस्थित बोडे निलबाराहीकी ४ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो । बालिकालाई पेट दुखेपछि काठमाडौं सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको थियो । एपेन्डिसाइटिसको अपरेसन गर्नुपर्ने भएपछि अस्पतालले ११ असारमा कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर प्रयोगशालामा पठाएको थियो ।

शनिबार रिपोर्ठ आउँदा बालिकामा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए । संक्रमित बालिकालाई अस्पताल लगिएको छ भने परिवारका सदस्यहरुलाई होम क्वारेन्टिनमा राखिएको छ ।

‘उहाँहरुको केही दिनपछि स्वाब संकलन गर्छौं’ मिजारले भने, ‘त्यसको रिपोर्टले बालिकामा देखिएको कोरोना संक्रमणको स्रोत पत्ता लगाउन केही सहज होला ।’

Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार