सैनिक प्रवक्तामा सहायकरथी सन्तोष वल्लव पौडेले

Corona-Ad-Raptisonari

सैनिक प्रवक्तामा सहायकरथी सन्तोष वल्लव पौडेले

काठमाडौं । नेपाली सेनाकाे मुख्यालयले केही उच्च अधिकृतहरुको काज सरुवा गरेको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेलाई मध्यपश्चिम पृतनाको निमित्त पृतनापतिको जिम्मेवारी दिएको छ ।

पाण्डे उपरथी बढुवाको लाइनमा समेत हुनुहुन्छ । मुख्यालयले नयाँ प्रवक्ताको जिम्मेवारी सहायकरथी सन्तोष वल्लव पौडेललाई दिएको छ ।

उहाँ नम्बर १५ बाहिनी अड्डाका बाहिनीपति हुनुहुन्छ । त्यसैगरी नम्बर १५ बाहिनी अड्डाको बाहिनीपतिमा सहायकरथी अरुण पालको सरुवा भएको छ ।

यस्तै, सेनाको गूप्तचर महानिर्देशनालयको प्रमुखमा उपरथी सरोज प्रताप राणाको सरुवा भएको छ । हालका गूप्तचर प्रमुख झंकरबहादुर कठायतले एक महिनामा अवकास पाउँदै हुनुहुन्छ ।

Dunduwa Ad
Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार
Corona Ad Narainapur

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार