विश्वविद्यालयको कोरोना खोप परीक्षण सकारात्मक, तेस्रो चरण सुरु

विश्वविद्यालयको कोरोना खोप परीक्षण सकारात्मक, तेस्रो चरण सुरु

काठमाडौं । बेलायतको एक संसदीय समितिले अक्सफोर्ड विश्वविद्यालयमा कोभिड–१९ को खोप परीक्षणको सकारात्मक परिणाम प्राप्त भएको जनाएको छ। संसदीय सुनुवाईका क्रममा समितिले उक्त जानकारी दिएको हो।

खोप परीक्षण अब तेस्रो क्लिनिकल चरणमा पुगेको जनाइएको छ।

अक्सफोर्ड विश्वविद्यालयको भ्याक्सिनोलोजीकी प्राध्यापक सारा गिलबर्टले सरकारी समितिसमक्ष परीक्षणको अर्को चरणका लागि ८ हजार स्वयंसेवक चुनिएको बताइन्। यद्यपि उनले खोप कहिले तयार हुने भने स्पष्ट पारिनन्। खोप परीक्षणको नतिजामा यो निर्भर रहने उनले बताइन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार