अस्पतालमा उपचाररत् कोरोना संक्रमित ४५ दिने शिशुको मृत्यु

अस्पतालमा उपचाररत् कोरोना संक्रमित ४५ दिने शिशुको मृत्यु

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा महाराजगन्जमा उपचाररत्  ४५ दिने शिशुको मृत्यु भएको छ।

ती शिशुमा कोरोनाभाइरसको संक्रमण थियो।  त्रिवि शिक्षण अस्पतालका निर्देशक रोहित पोखरेलका अनुसार बुधबार साँझ शिशुको मृत्यु भएको हो।

अहिलेसम्म ज्यान गुमाएकाहरू मध्ये उनी सबैभन्दा कम उमेरका संक्रमित हुन्।

‘श्वासप्रश्वासमा समस्या भएपछि शिशुको मृत्यु भएको हो’, उनले भने।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार