शुक्रबार दाङमा ८ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार दाङमा ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । दाङमा शुक्रबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससंगै दाङमा कोरोना संक्रमितको संख्या ५९५ पुगेको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। प्रतिष्ठानका अनुसार लमहीका ६ र राजपुरका २ जनामा रिपोर्ट पोजेटिभ देखिएको हो।

प्रतिष्ठानले दिएको जानकारी अनुसार लमही–२ का एक, वडा नम्बर ३ का एक र वडा नम्बर ५ का चार जनामा कोरोना पोजेटिभ देखिएको छ। ६ जनामध्ये लमहीका चार जना महिला रहेका छन् भने दुई जना पुरुष रहेका छन्।

त्यस्तै राजपुर–२ का एक जना रहेका छन् भने वडा नम्बर ७ का एक जना पुरुषमा कोरोनाको पोजेटिभ रिपोर्ट आएको छ। प्रतिष्ठानले शुक्रबार १३६ जनाको स्वाब परिक्षण गरेको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार