भारतमा शनिबार २२ हजार जनालाई काेराेना संक्रमण पुष्टि

भारतमा शनिबार २२ हजार जनालाई काेराेना संक्रमण पुष्टि

काठमाडौं । भारतमा शनिबार पनि कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गरेको छ। शनिबार २४ घण्टामा २२ हजार ७ सय ७१ जनाको मृत्यु भएसँगै संक्रमितको संख्याले रेकर्ड बनाएको हो। शुक्रबार भने २० हजार ९ सय ३ संक्रमित थपिएका थिए। योसँगै भारतमा संक्रमितको संख्या ६ लाख ४८ हजार ३ सय १५ पुगेको छ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएअनुसार २४ घण्टामा थप ४ सय ४२ जनाको मृत्यु भएको छ। त्यहाँ मृत्यु हुनेको संख्या १८ हजार ६ सय ५५ पुगेको छ। १ जुनदेखि हालसम्म ४ लाख ३५ हजार ९ संक्रमित थपिएको मन्त्रालयको भनाइ छ।

२४ घण्टाको आँकडा हेर्दा ३ जुलाईमा २० हजार ९ सय ३, दुई जुलाईमा १९ हजार १ सय ४८, एक जुलाईमा १८ हजार ६ सय ५३, २९ जुनमा १९ हजार ४ सय ५९ र २८ जुनमा १९ हजार ९ सय ६ संक्रमित थपिएका थिए। २७ जुनमा पहिलोपटक संक्रमितको संख्या १८ हजारमाथि भएको थियो।

हालसम्म भारतमा ३ लाख ९४ हजार २ सय २६ संक्रमित निको भएको जनाइएको छ। हालसम्म ६० दशमलब ८० प्रतिश बिरामी निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार