कर्णालीका दुई चिकित्सक कोरोना संक्रमणमुक्त

कर्णालीका दुई चिकित्सक कोरोना संक्रमणमुक्त

काठमाडौ । कर्णालीमा कोरोना भाइरस संक्रमण पुष्टि भएका दुईजना चिकित्सक संक्रमणमुक्त भएका छन् ।

कर्णाली प्रदेश अस्पतालमा कार्यरत दुईजना चिकित्सक आइतबार संक्रमणमुक्त भएपछि डिस्चार्ज भएका छन् । उनीहरुमा असार ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीहरुको पुनः परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएपछि आइसोलेसनबाट आइतबार डिस्चार्ज भएको अस्पतालका निर्देशक डा। डम्बर खड्काले जानकारी दिए । उनीहरु अबको एक साता पछि नियमित काममा फर्किने निर्देशक खड्काले बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार