पीसीआर परीक्षणलाई तीव्रता दिन मानव अधिकार आयोगको आग्रह

पीसीआर परीक्षणलाई तीव्रता दिन मानव अधिकार आयोगको आग्रह

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना बढी संक्रमण प्रभावित स्थान र क्षेत्र पहिचान गरी रोकथाम र नियन्त्रण गर्न  र पीसीआर परीक्षणलाई तीव्रता दिन आग्रह गरेको छ ।

आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईद्वारा आइतबार यहाँ जारी विज्ञप्तिमा काठमाडौं उपत्यका जस्तो घनाबस्ती भएका ठाउँमा समुदायमा कोरोना संक्रमण फैलिएमा स्थिति भयावह हुन सक्नेतर्फ बेलैमा ध्यान पुर्‍याउन र पीसीआर परीक्षणलाई तीव्रता दिई नागरिकको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न सरकारलाई पुनः आग्रह गरिएको छ ।

कोभिड–१९ को संक्रमण पछिल्लो समय नेपालमा पनि उच्चस्तरमा फैलँदै गइरहेको अवस्थामा उपत्यकाका ढलहरुमा समेत कोरोनाको भाइरस भेटिएको भन्ने सञ्चारमाध्यममा सार्वजनिक भएकाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघसँगको सहकार्यमा मुलुकभर कोभिड–१९ को सन्दर्भमा मानव अधिकार अवस्थाको अनुगमन गरी अनुगमनबाट प्राप्त तथ्यका आधारमा यसअघि पनि पीसीआर परीक्षण बढाउन तथा क्‍वारेन्टाइनहरू व्यवस्थित गर्न पटक-पटक सरकारलाई आग्रह गर्दै आएको स्मरण आयोगले विज्ञप्तिमार्फत गराएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार