आईतबार २९३ कोरोना संक्रमण थपिए, जम्मा संख्या १५ हजार ७८४

आईतबार २९३ कोरोना संक्रमण थपिए, जम्मा संख्या १५ हजार ७८४

काठमाडौ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको कोरोना परीक्षणका क्रममा २९३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार यो संगै कुल संक्रमित १५ हजार ७८४ पुगेको छ । आज डिस्चार्ज हुनेको संख्या १३१ रहेका छन ।

यस्तै कुल ६ हजार ५४७ जनाको डिस्चार्ज भएका छन् । हालसम्म ३४ कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार