बाँकेमा बाघको छालासहित एक जना पक्राउ

बाँकेमा बाघको छालासहित एक जना पक्राउ

काठमाडौ । बाँकेको राप्ती सोनारीबाट बाघको छालासहित एक जना पक्राउ परेका छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–१ सिमलघारी बस्ने ४६ वर्षीय  नवराज घर्ती मगर पक्राउ परेका छन् ।  मकै बारीमा लुकाई राखेको अवस्थामा बाघको छाला र हड्डीसहित उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले घर्तीलाई बाघको छाला र हड्डीसहित नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार वैदवारले बताए । पक्राउ परेका घर्तीमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता वैदवारले भनाइ छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार