काठमाडौं उपत्यकामा ५४ सहित १८० जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा ५४ सहित १८० जनामा कोरोना संक्रमण

काठमाडौं । सोमबार नेपालमा १८० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ ।

कोरोना संक्रमणबाट निको भई घर फर्किनेको संख्या २६४ रहेको छ । यस्तै आज मात्रै काठमाडौं उपत्यकाका तीन जिल्लामा सोमबार ५४ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना संक्रमित भेटिएका हुन् । पछिल्लो समय काठमाडौंमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार