गोली प्रहार गरी लुटपाट

गोली प्रहार गरी लुटपाट

आश्विन २, दाङ — तुलसीपुरमा गोली प्रहार गरी बिहीबार अपरान्ह लुटपाट भएको छ । राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर अमिलिया सडक खण्डको तुलसीपुर उपमहानगरपालिका १३ भञ्ज्याङमा गाडी रोकेर लुटपाट भएको प्रहरीले जनाएको छ । भारतको रुपैडिहाबाट आफैँले रिजर्भ गरी ल्याएको युपी ४० एबी ९११ नम्बरको कार बाटोमा रोकेर चालकलाई लुटपाट गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी विनोदविक्रम शाहले बताए।

भारत नागपुरका ४६ वर्षीय महोमद साहेवले गाडी रिजर्भ गरी ल्याएको र नेपालगन्जबाट थप तीन जना चढेकोमा तुलसीपुरको भञ्ज्याङ् पुगेपछि चालकलाई फायर गरी तर्साएर १५ हजार लुटेको डीएसपी शाहले बताए।

घटनापछि चालक भारत रुपैडिहाका ३० वर्षीय निराज अली शाहले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलबाट कटुवा पेस्तोलको एक गोली र खोका फेला परेको डीएसपी शाहले बताए।

घटनापछि प्रहरी परिचालन गरेर लुटपाटमा संलग्न महोमद साहेवलाइ पक्राउ गरेको उनले जानकारी दिए। अन्य तीन जना फरार रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी भैरहेको शाहले बताए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार