कर्णालीमा २ चिकित्सक र ४ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

कर्णालीमा २ चिकित्सक र ४ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

काठमाडौ । कर्णाली प्रदेश अस्पतालमा आज (बुधबार) चिकित्सक र २ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको आइसोलेसनमा ड्युटी गरेर क्वारेन्टाइनमा बसेका उनीहरुको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएको अस्पतालले जनाएको छ ।

कर्णाली प्रदेश अस्पताल निर्देशक डा.डम्बर खड्काका अनुसार संक्रमित हुनेमा २ जना चिकित्सक कोरोना विशेष अस्पतालमा दुईहप्ते ड्युटी सकेर क्वारेन्टाइनमा थिए । दुईजना स्वास्थ्यकर्मी भने ओपीडी र वार्डमा ड्युटीमा कार्यरत हुन् ।

संक्रमण देखिएपछि उनीहरुलाई अस्पतालकै आइसोलेसनमा राख्ने तयारी भइरहेको छ । यसअघि सोहि अस्पतालमा ९ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको थियो ।

यस्तै बुधबार कर्णालीमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १ हजार ५५० पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये १ हजार २ सय ९१ जना डिस्चार्ज भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार