जन्मदिनको अवसरमा बिद्यालयलाई सहयोग

जन्मदिनको अवसरमा बिद्यालयलाई सहयोग

रुकुम पश्चिम । तपाई आफ्नो जन्मदिनको अवसरमा के गर्नुहुन्छ ? जन्मदिनको अवसरमा ठुलाठुला होटेलमा जाने, पार्टी गर्ने, भोज भतेर गर्ने, साथी भाईसङग बसेर मदिरामासु खाएर हजारौं खर्च गर्ने लगायतका काम गर्नुहुन्छ होला तर रुकुमका एक व्यक्तिले भने त्यसलाई सदुपयोग गर्नुभएको छ ।

जिल्लाको त्रिवेणी गाउपालिका- ७ का युवा नेता एवम समाजसेवी अमर ओलिले भने फरक तरिकाले जन्मदिन मनाउनु भएको छ । युवा नेता ओलिले आफ्नो जन्मदिनको अवसरमा एक बिद्यालयलाई खेलकुद सामाग्री प्रदान गर्नुभएको छ । जन्मदिनको अवसरमा ओलिले आठबिसकोट नगरपालिका-१४ स्थित जनबिकास माबी ज्यामिरकोट टाकुरालाई पाच हजार बराबरको विविध खेलकुद सामाग्री प्रदान गर्नुभएको छ ।

जन्मदिनको प्रहिलो चरणमा युवा ओलिले भलिबल, चेस बोर्ड, लुडो बोर्ड, रिङ्ग, स्किपिङ लगायतका सामाग्रीहरु प्रदान गर्नुभएको छ । खड्कचन्द्र स्मृति फाउन्डेसन त्रिवेणी गापा-७ रुकुम (पश्चिम ) का अध्यक्षसमेत रहेका ओलिले जिल्लाका अन्य ९ वटा बिद्यालयलाई पनि जन्मदिनको अवसर पारेर प्रती बिद्यालय ५ हजारका दरले करिब ५० हजारका विविध सामानहरु प्रदान गर्ने घोषणा गर्नुभएको छ । युवाहरुले नै समाजको नेतृत्व गर्ने भएको र जन्मदिनमा हुने अनावश्यक खर्चलाई सदुपयोग गर्नका लागि बिद्यालयलाई सहयोग गरेको समाजसेवी युवा अमर ओलिले बताउनुभयो ।

युवा नेता ओलिको सृजनशिल कामले सबैलाई सिकाई हुने भन्दै बिद्यालय परिवारको तर्फ बाट समाजसेवी ओलिलाई प्रधानाध्यापक दिपक सङगम थापाले धन्यवाद दिनुभयो । आगामी दिनहरुमा पनि अन्य ब्यक्तिहरुले जन्मदिन मनाउने नाममा अनावश्यक खर्च नगरी गरिब, अनाथ एवम शैक्षिक क्षेत्रमा सदुपयोग गर्नुपर्नेमा समाजसेवी ओलिको भनाई रहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार