कास्कीमा पहिरोमा पुरिएर सात जनाको मृत्यु

कास्कीमा पहिरोमा पुरिएर सात जनाको मृत्यु

काठमाडौं । कास्कीका विभिन्न स्थानमा अविरल वर्षासँगै खसेको पहिरोमा पुरिएर ७ जनाको मृत्यु भएको छ ।

पोखरा–१८ सराङकोट गोठादीमा बिहीबार राति साढे २ बजेतिर खसेको पहिरोले टंकबहादुर थापाको घर पुर्दा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय थापा, उनकी श्रीमती ४५ वर्षीया सोममाया, टंकबहादुरका दाजुका नाति ६ वर्षीय सुवान थापा र ११ वर्षकी इसिका थापा छन् । अर्का एक बालकको सनाखत भइनसकेको कास्की प्रहरीका डीएसपी सुवास हमालले जानकारी दिए ।

पहिरोमा टंकबहादुरका छोरीहरू २२ वर्षीया पिंकी र १८ वर्षीया आशा तथा पिंकीकी ५ वर्षीया छोरी पिरिसा घाइते भएका छन् ।

यस्तै  पोखरा–२५ हेम्जामा पहिरोले घर पुर्दा ७० वर्षीया हिमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घरसँगै तीन बाख्रा पनि पुरिएका छन् भनेे पोखरा–२६ पैतेडाँडामा पनि पहिरोले घर पुर्दा स्थानीय दुर्गाबहादुर सुनारकाे मृत्यु भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार