जाजरकोटमा पहिरोले २ घर बगाउँदा १२ बेपत्ता

जाजरकोटमा पहिरोले २ घर बगाउँदा १२ बेपत्ता

काठमाडौं । जाजरकोटकाे बारेकोट गाउँपालिका-४ सार्कीगाउँमा गएराति आएको पहिरोमा परि १२ जना बेपत्ता भएका छन् । पहिरोले सार्कीगाउँका २ घर बगाउँदा पाहुना बस्न आएका ४ सहित १२ बेपत्ता भएका हुन् । पहिरोमा परेर बेपत्ता हुनेहरुमा ५२ वर्षीय घरमुली गोपाल सार्की, उनकी पत्नि ५० वर्षीया पुष्षा सार्की, १३ वर्षीया छोरी लक्ष्मी सार्की र ११ वर्षीय छोरा अर्जुन सार्की छन् ।

त्यस्तै अर्को घरमुली कलु सार्की, १४ वर्षीय छोरी तिर्खा सार्की, ११ वर्षीया छोरी कमला सार्की र ६ वर्षीय छोरा सुभास सार्की रहेका छन् । पहिरोमा परेर पाहुना बस्न आएका कुशे गाउँपालिका ९ चौराँटाका २० वर्षीय डिल्ली सार्की, १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की र १८ वर्षीय बीरेन्द्र सार्की समेत बेपत्ता भएका छन् ।

पहिरोमा परेका मध्ये १ जनाको शव देखिएको तर पहिरोबाट निकाल्न नसकिएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी किशोर कुमार श्रेष्ठले बताए । शवको सनाखत हुन नसकेको डिएसपी श्रेष्ठले बताए ।

 

प्रहरी घटनास्थल पुगेर बेपत्ताको खोजी गरिरहेको डिएसपी श्रेष्ठले बताए ।  घटनास्थल सदरमुकाम खलंगादेखि करीब ९० किलोमीटरको दुरीमा रहेको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार