क्यान्सर पीडितको उपचारका लागि एक लाख रूपैयाँ आर्थिक सहयोग

क्यान्सर पीडितको उपचारका लागि एक लाख रूपैयाँ आर्थिक सहयोग

काठमाडौं– गोरखामा फेसबुक अभियानमार्फत आर्थिक सहयोग सङ्कलन गरी एक क्यान्सर पीडित महिलालाई उपचारका लागि १ लाख आर्थिक सहयोग प्रदान गरिएको छ। गोरखा नगरपालिका–५ नयाँबजारमा कोठा गरी बस्दै आएकी क्यान्सर पीडित उसलबानी खातुनलाई दारी ग्याङ गोरखाले फेसुबक अभियानबाट रकम जुटाएर शनिबार हस्तारन्तण गरेको अध्यक्ष राजेन्द्र न्यौपानेले जानकारी दिए।

‘पैसाको अभावमा क्यान्सर रोगको उपचार गर्न नसकेकी खातुनलाई उपचारमा सहयोग गर्न हामीले दारी ग्याङ गोरखामार्फत आर्थिक सङ्कलन अभियान सञ्चालन गर्दै आएका थियौं,’ अध्यक्ष राजेन्द्र न्यौपानेले भने। फेसबुकबाट सञ्चालन गरिएको अभियानबाट जम्मा भएको १ लाख ८ सय ५९ रूपैयाँ उहाँलाई हस्तारन्तरण गरिएको छ।’

अभियानमा स्वदेश तथा विदेशमा रहेको नेपालीबाट सहयोग जुटेको उनले जानकारी दिए। ‘पैसा नभएर नै उहाँ उपचार गर्न अस्पतालसम्म जान नसक्नु भएको रहेछन्, अस्पताल जानका लागि खर्च अभावमा छटपटी रहनुभएको भन्ने सुन्यौं’, अध्यक्ष न्यौपानेले भने, ‘उहाँलाई मृत्युबाट जोगाउन जसरी पनि केही गर्नुपर्छ भन्ने लागेर हामीले अभियान थालेका हौं।’

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार