रुकुममा मास्क नलगाई निस्किनेलाई १ सय रुपैयाँ जरिवाना

रुकुममा मास्क नलगाई निस्किनेलाई १ सय रुपैयाँ जरिवाना

फाईल फोटो

रुकुम पश्चिम । लकडाउन खुकुलो भए पनि कोरोना महामारी रोक्न प्रहरीले सर्वसाधारणले मास्क लगाए नलगाएको परीक्षण गर्ने र कारबाही गर्ने प्रकृया अगाडि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले मास्क नलगाएर घर बाहिर जाँदा कारवाही गर्ने भएको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएको अवस्थामा आवश्यक साबधानी अपनाउँदै यसको रोकथाम र नियन्त्रणको लागि सोमबार देखि मास्क अनिवार्य लगाउनुपर्ने भएको छ ।

गृह मन्त्रालयको निर्देशन अनुसार रुकुम पश्चिममा पनि मास्क नलगाएर घर बाहिर हिडे कारबाही स्वरुप रु.१०० जरिबाना गरिने प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुुसार मास्क नलगाएर पटक पटक अटेरी गरेमा संक्रमित रोग नियन्त्तणम ऐन, २०२० अन्तर्गत रु एक सय जरिवाना तिराई कारवाही गरिने छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार