भगत सर्वजित मानवमर्यादा पुरस्कार वितरण

भगत सर्वजित मानवमर्यादा पुरस्कार वितरण

काठमाडौँ । भगत सर्वजित मानवमर्यादा राष्ट्रिय पुरस्कार २०७२ बाट प्रदेश दुईका प्रमुख तिलक परियार (बाँके), पत्रकार एवं लेखक त्रिभुवनचन्द्र वाग्ले (तनहुँ) र स्व.नवराज विक (मरणोपरान्त) जाजरकोट सम्मानित भएका छन । संस्कृति तथा पर्यटन मन्त्रलायले सोमबार एक कार्यक्रमको आयोजना गरेर सम्मानित गरेको हो । पुरस्कारको राशी जनही एक लाख रुपियाँ रहेको छ ।
नेपालको संगठित दलित आन्दोलनका संस्थापक भगत सर्वजित विश्वकर्माको स्मृतिमा सरकारले २०७२ सालमा पुरस्कारको स्थापना गरेको हो । भगत सर्वजित स्मृति प्रतिष्ठानले दलित मुक्ति आन्दोलमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्ने प्रस्ताव गरेपछि सरकारले पुरस्कारको स्थापना गरेको हो । पुरस्कार हरेक वर्ष एकजना गैरदलित र दुईजना दलित गरी तीनजनालाई प्रदान गरिदै आएको छ । हालसम्म १२ जनालाई सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार