अस्वस्थ खानपानले दाँतलाई क्षति पुर्‍याइ नयाँ रोग निम्त्याउँछ

अस्वस्थ खानपानले दाँतलाई क्षति पुर्‍याइ नयाँ रोग निम्त्याउँछ

काठमाडौं । गिजा सम्बन्धी रोगलाई मुटुको समस्या, मधुमेह र सम्भावित अल्जाइमरसँग जोड्ने हालैका अनुसन्धानहरुपछि दाँत र गिजाको ख्याल राख्नु पूरै शरीरको स्वास्थ्यका लागि कति महत्वपूर्ण छ भन्ने स्पष्ट भएको छ ।

यसरी अधिकांश मानिसले एक न एकपटक गिजा सम्बन्धी समस्या बेहोरेकै हुन्छन् । दाँतमा ब्याक्टेरियाले संक्रमण गर्दा यस्तो हुने गर्छ । कतिपय अवस्थामा यो हानिकारक हुँदैन भने कतिले चाहिँ गिजालाई नराम्रोसँग क्षति पुर्याउँछ । यस्तोमा स्वास्थ्य विद्हरुले यो समस्या, हाम्रो गलत खानपानको नतिजा भएकाबारे विस्तृतमा बताएका छन् भने मुखलाई स्वस्थ राख्न विभिन्न सुझावहरु पनि दिएका हुन् ।

दाँत र गिजाको सरसफाइमा विशेष ध्यान दिनु नै स्वस्थ मुख तर्फको पहिलो कदम हो । यसमा दैनिक दुईपटक दाँत मोल्नुपर्छ भन्ने सबैलाई थाहा छ तर कतिचोटी कुल्ला गर्नुपर्छ र खाना खाएपछि दाँत माज्ने कि खानु अघि भन्ने प्रश्न पनि आउँछ । यसबारे बुपा डेन्टल केयरकी हाइजिनिस्ट सकिना सेयेदले भनेकी छन्, “कतिपय मानिसलाई खानु अगाडि नै दाँतको सबै फोहोर सफा गर्न मन लाग्छ भने कतिले चाहिँ बिहानको खाना खाइसकेपछि मात्र दाँत माज्छन् । यी दुवै तरिकामा कुनै समस्या छैन तर खानेबित्तिकै ब्रस गर्नेहरुले चाहिँ तीस मिनेट पर्खिएको राम्रो हुन्छ । किनकी खानामा हुने विभिन्न चिनी र एसिडयुक्त तत्वले हाम्रो दाँतको इनामेल नरम बनाइदिएको हुन्छ । त्यसैले दाँतलाई सो क्षेत्र पुनः मिनीरलले भर्न केही समय लाग्छ र सो प्रक्रियापछि मात्र दाँत माज्नु उचित हुनेछ ।”

उनले थप भनेकी हुन्, “हामीले प्राय सबैलाई सुत्ने बेलामा र बिहानपख दाँत माज्न सुझाव दिने गर्दछौँ । किनकी सुत्नु अगाडि हाम्रो दाँतमा सबैभन्दा अन्तिम कुरा पेस्ट हुनुपर्छ । यसकारण दाँतको बीचमा पनि राम्ररी सफा गर्ने र कुल्ला गरेर थुकिसकेपछि मुखलाई सुरक्षित राख्ने काम दाँतलाई छाडिदिन सकिन्छ ।”

त्यसैगरी धेरै गुलियो खानेकुरा दाँतका लागि नराम्रो हो भन्ने पनि सबैलाई थाहा छ । तर त्यसबाहेक अरु कस्ता खानेकुराले समस्या गराउन सक्छन् र दाँतलाई स्वस्थ राख्न कुन भिटामिन उच्च मात्रामा भएको खाना खानुपर्छ भन्नेबारे पनि उनीहरुले सुझाव दिएका छन् ।

यसलाई बिडीएकी प्रवक्ता एवम् आधिकारिक मान्यता प्राप्त डाइटिसियन एन्ना ग्रुमले यसरी व्याख्या गरेकी छन्, “दाँतका लागि सबैभन्दा महत्वपूर्ण भिटामिन डी हो र गिजाका लागि चाहिँ भिटामिन सी । यसपछि क्याल्सियम र फोस्फोरस जस्ता मिनरल्स पनि मुखलाई स्वास्थ्य राख्न उत्तिकै जरुरी मानिन्छ । भिटामिन सीमा हुने कोलाजेन सिन्थेसिसका कारण पनि यसले स्वस्थ टिस्यु राख्नमा मद्दत पुर्याउँछ । यसले गिजाको मर्मत गराउने हुँदा यसको अभावमा गिजाबाट रगत आउन सक्छ । भिटमिन डीले चाहिँ शरीरलाई पर्याप्त क्याल्सियम प्राप्त गर्न मद्दत गर्छ जुन दाँत र हड्डीका लागि अतिआवश्यक तत्व हो । फोस्फोरसले पनि क्याल्सियमसँग मिलेर दाँतलाई स्वस्थ राख्ने गर्दछ ।”

यसरी भिटमिन सिको कमीलाई दुर्लभ मानिन्छ तर दैनिकको डायटबाट शरीरलाई पर्याप्त भिटामिन सि नपुगेमा भने टमाटर, ब्रोकोली र आलुबाट पनि प्रशस्त पाउन सकिन्छ जुन भिटामिन सिका उच्च श्रोतमा पर्छन् । भिटमिन डी चाहिँ अण्डा र मासुबाट पाइन्छ । यता दुधजन्य उत्पादन, ब्रोकोली, हरिया सागपात, तोफु लगायतलाई भने क्याल्सियमको राम्रो श्रोत मानिन्छ ।

गत अप्रिलमा गरिएको एक अध्ययनपछि गिजाको स्वास्थ्यमा भिटामिन सि बाहेक अन्य पोषक तत्वले पनि असर गर्न सक्ने पत्ता लागेको हो । ३० जना सहभागीमा गरिएको यो रिसर्चमा भिन्दाभिन्दै डायट लिनेहरुलाई दुई समूहमा छुट्याइएको थियो । जसमा एउटा समूहलाई एन्टि–इन्फ्लामेटरी खाना जस्तै प्रोटिन, कार्बोहाइड्रेट नियन्त्रित मात्रामा दिइएको थियो भने ओमेगरा ३ फ्याटी एसिड, भिटमिन सी र भिटमिन डी, एन्टिअक्सिडेन्ट, नाइट्रेट र फाइबरको मात्रा चाहिँ बढाइएको थियो । यसपछि तुलनात्मक रुपमा नियन्त्रित स्वस्थ डायट सेवन गर्नेहरुमा गिजाको संक्रमण र रगत आउने समस्या अत्यन्तै कम रहेको पाइएको हो । हाइजिनिस्ट सेयेद भन्छिन्, “त्यसैले हामी धेरै हरिया सागसब्जी, दाना, गेडागुडी र तरकारी भएको डायट सेवन गर्न सुझाव दिन्छौँ ।

त्यस्तै मुखलाई स्वस्थ राख्न खान नहुने कुराहरुमा चाहिँ कोल्ड ड्रिङ्क्स र गुलिया खानेकुरा दाँतलाई बिगार्नमा सबैभन्दा ठूलो भूमिका खेल्ने बताइएको छ । यसबाहेक तातो पानीमा कागती हलेर खानुले इनामेललाई खियाउन सक्छ, दाँतमा टाँस्सिने र निकाल्न कठिन हुने खाल्का सुकेका फल, चिप्सलगायतका सबै खानेकुरा अनि लामो समयदेखि जमाएर वा कुहाएर राखिएको एसिडिक खानेकुराले पनि दाँतलाई हानि पुर्याउने स्वास्थ्यविद्हरुले बताएका हुन् । यी खानेकुरा खानैपर्ने भएमा खाइसकेपछि कुल्ला गर्ने गर्न वा सुगरफ्री चुइङगम चपाइरहन तिनको सुझाव छ ।

यसमा हामीले हरेकचोटी गुलियो खानेकुरा खाँदा मुखको पिएच लेभल कम हुने गर्दछ र ब्याक्टेरियाले त्यही गुलियोतर्फ हमला गरेपछि मुख एसिडयुक्त बन्दै जान्छ । त्यसकारण हामीले हरेक आधाआधा घण्टामा बिना ब्रेक खाइरह्यौँ भने दाँतले एसिडलाई हटाउन सक्ने छैन जसकारण किरा लागेर प्वाल पर्ने हुन्छ । त्यसैले पनि स्न्याक्स खाँदा दिनमा दुईदेखि तीनपटक मात्र खाएको राम्रो हुन्छ ।

सामान्य खाना खाँदा खेरि भने हामीले चपाइरहँदा मुखमा र्याल उत्पादन हुन्छ जसले सबै गुलियो र एसिडिक खानेकुरालाई निर्मुल पारिदिन्छ र हानिकारक एसिडलाई पनि बगाउन मद्दत गर्दछ । त्यसैले खाना खाँदा राम्ररी चपाएर खानु पनि उत्तिकै जरुरी रहेको सेयेद बताउँछिन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार