हराएका २५ माेटरसाइकल ट्राफिक प्रहरीले धनीलाई बुझायो

हराएका २५ माेटरसाइकल ट्राफिक प्रहरीले धनीलाई बुझायो

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २५ वटा मोटरसाइकलहरु फेला पारी सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएको छ ।
महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खट्टाईएको ट्राफिक प्रहरीले विभिन्न समयमा हराएका मोटरसाईकलहरू बन्दाबन्दीको समयमा पनि खोजतलास गरी सम्बन्धीत धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।
उपत्यकाका बालाजु, बसुन्धारा, मण्डिकाटार, नयाँबजार, ठमेल, सरस्वतिनगर, सामाखुसी, ठमेल, चावहिल, कलंकी, ग्रीनल्याण्ड, हात्तीगौडा, बौद्ध, ठमेल, जरङ्खु, टोखा, वाँनियाटार, टिचिङअस्पताल, कोटेश्वनर, गौरीधारा, कोटेश्वकर, कुमारीपाटी र गोकर्णेश्वदरलगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धीत धनिलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जिम्मा लगाएका हुुन ।

महाशाखाले यस आर्थिक बर्षमा मात्रै चोरी भएका ३ सय ६८ वटा मोटरसाईकल फेला पारी सम्बन्धित धनिलाई जिम्मा लगाईसकेको छ भने ३७ जना व्यक्तिलाई चोरीमा संलग्न भएको कसुरमा पक्राउ गरी आवश्यक कारावाही गरिसकेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार