साेती घटनाको मुख्य कारण जातीय विभेद : संसदीय बिशेष समिति

साेती घटनाको मुख्य कारण जातीय विभेद : संसदीय बिशेष समिति

काठमाडौं । रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका-८ साेतिमा दलित युवक हत्याबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले सोमबार सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ ।

सोमबार सिंहदरबारस्थित संसद सचिवालयमा नै पुगी संसदीय समितिका संयोजक देवेन्द्र पौडेलले प्रतिवेदन बुझाएका हुन् ।

प्रेमिकासँग विहे गर्न भनी रुकुमको चौरजहारी नगरपालिका सोती आएका जाजरकोटको भेरी नगरपालिकाका नवराज विक र उनका साथीहरु केटी पक्षका आफन्तको आक्रमणबाट मारिएका थिए । उक्त घटनामा ६ जनाको मृत्यु भएको थियो ।

सांसदहरुले उक्त घटनाबारे संसदीय छानबिन हुनुपर्ने माग गरेपछि गत जेठ २६ गते बसेको प्रतिनिधिसभा बैठकले सांसद पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो ।

यस्तो छ संसदीय समितिको प्रतिवेदन

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार