जन्मदिनको अवसरमा बिद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

जन्मदिनको अवसरमा बिद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

काठमाडौ । नेपाल विद्यार्थी संघका नेता तारक प्रतिभा केसीले आफुले स्कुल शिक्षा हासिल गरेको रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा रहेको शंकर प्राथमिक बिद्यालय र स्यार्पुताल माध्यामिक बिद्यालयमा अध्यनरत ५ ५ जना गरिब जेहेन्दार तथा उत्कृष्ट बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गर्ने भएका छन ।

आफनो जन्म दिनको अवसरमा उनले उक्त सामाग्रीहरु बिद्यालयलाई हस्तान्तरण गर्ने भएका हुन । अहिले कोरोना भाइरसको कारण बिद्यालय बन्द रहेको कारणले बिद्यालयको बार्सिकोत्सवको अवसरमा प्रदान गर्ने व्यवस्था मिलाइएको केसीले बताए । उनले जन्मदिनको अवसरमा विधार्थिहरुमा उत्प्रेरना र सिकाईमा उत्साह प्रदान होस भनेर विधार्थिहरुलाई सहयोग गर्ने बताएका छन ।

नेविसंघका निवर्तमान केन्द्रिय सदस्य समेत रहेका केसी विगत लामो समयदेखी रुकुमको शैक्षिक सामाजिक र राजनैतिक अभियानमा संलग्न रहदै आएका छन । बिद्यार्थी हक हित र अधिकारमा पक्षमा अनवरत सङ्गघर्शशिल केसी बाल्यकालमा सशत्र द्वन्दको कारण निकै चपेटामा परेका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार