पार्टीभित्रको विवाद सुल्झाउन ओली, दाहाल र नेपालबीच छलफल सुरु

पार्टीभित्रको विवाद सुल्झाउन ओली, दाहाल र नेपालबीच छलफल सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपा को आन्तरिक विवाद टुंगो लगाउन शीर्ष नेताहरु निर्णायक छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छलफलमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँगै बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेल पनि सहभागी छन् ।

स्थायी कमिटीमा अध्यक्ष प्रचण्ड र माधव नेपाल सहितका नेताहरुले प्रधानमन्त्रीले दुवै पद छाड्नुपर्ने प्रस्ताव राखेपछि बैठक अवरुद्ध छ । प्रचण्ड र माधव नेपाल पक्षले ओलीको राजीनामा मागेको छ । ओलीले भने दुबै पद पछाड्ने अडान लिएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार