चितवन चिकित्सक संघको अध्यक्षमा लोकबहादुर सेढाई

krishi
Duduwa Corona

चितवन चिकित्सक संघको अध्यक्षमा लोकबहादुर सेढाई

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । चिकित्सक संघ चितवनको अध्यक्षमा डा। लोकबहादुर सेढाई निर्वाचित भएका छन् ।  बिहीबार भएको संघको अधिवेशनले सेढाईको नेतृत्वमा तीन बर्षका लागि १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

संघको बरिष्ठ उपाध्यक्षमा डा.भारतीदेवी शर्मा, उपाध्यक्ष डा. गुरुशरण शाह, सचिवमा डा. सूर्यप्रकाश सापकोटा, कोषाध्यक्षमा डा. मनोज कँडेल, सहसचिवमा डा. महेन्द्र अग्रहरी, सहकोषाध्यक्षमा डा.अनिल चौधरी चयन भएका छन् ।

यस्तै सदस्यहरुमा डा. रोहन झा, डा. पल्लभराज पौडेल, डा. शिव कँडेल, डा. विवेक कँडेल, डा. किरण देवकोटा, डा. प्रजिना भण्डारी चयन भएको निवर्तमान अध्यक्ष डा. प्रकाश खतिवडाले जानकारी दिए ।

Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार