दाङमा बन्दाबन्दीमा बलात्कारका घटना वृद्धि, २० दिनमा ३२ घटना

दाङमा बन्दाबन्दीमा बलात्कारका घटना वृद्धि, २० दिनमा ३२ घटना

दाङ । बन्दाबन्दी समयमा दाङमा बलात्कारका घटनामा वृद्धि भएको पाइएको छ।  अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दाङले  बिहीबार प्रतिवेदन सार्वजनिक गर्दै तीन महिना २० दिनका अवधिमा  बलात्कारका ३२ घटना भएको जनाएको छ।

इन्सेक जिल्ला प्रतिनिधि जेएन सागरका अनुसार बलात्कारका घटनाबाट जिल्लामा  ४० महिला पीडित भएका छन्।  सन् २०१९ को पहिलो ६ महिनामा  बलात्कार तथा बलात्कार प्रयासका ४२ घटना भएका थिए। इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा बितेको ६ महिनामा जिल्लामा गैरकानूनी रुपमा ३५ जना पक्राउ परेका छन्।

 

यस्तै गत ६ महिनामा बालविवाह र तोडफोड तीनतीन, हत्या– बोक्सी आरोप – घर निकाला – जातीय भेदभाव–तालाबन्दी एकएक, बन्दहड्ताल र आत्महत्या दुरुत्साहन दुई-दुई, सम्पत्ति आगजनी चार, धम्की तथा कुटपीट नौ र दुव्र्यवहारसम्बन्धी पाँच घटना भएको इन्सेकले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार