रुकुम पश्चिममा १५ सय सवारी कारबाहीमा

रुकुम पश्चिममा १५ सय सवारी कारबाहीमा

फाईल फोटो

रुकुम पश्चिम । गत आर्थिक वर्षमा रुकुम पश्चिममा १ हजार ५ सय ४० सवारी साधन कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार सो अवधिमा ८ सय ९३ मोटरसाइकल, १ सय ९३ टयाक्टर, १ सय ९३ जीप, १ सय ६५ वटा बस र ८६ वटा ट्रक कारवाहीमा परेका छन् ।  कारबाहीबाट १५ लाख ७ हजार ५ सय राजस्व संकलन भएको छ ।

जसमा मोटरसाइकल बाट ८ लाख ३८ हजार, ट्रक बाट १ लाख ७२ हजार ५ सय, जीपबाट १ लाख ७२ हजार, बसबाट १ लाख ३८ हजार ५ सय र ट्रक बाट ८६ हजार ५ सय राजस्व उठेको जिल्ला ट्राफिक कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख लक्ष्मण विश्वकर्माले जानकारी दिए ।

विभिन्न सवारीसाधन बाट जरिवाना स्वरुप उक्त रकम राजस्वमा जम्मा गरिएको जिल्ला ट्राफिक कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख लक्ष्मण विश्वकर्माले जानकारी दिए । उनका अनुसार सबै भन्दा बढी ट्राफिक नियम विपरित चल्नेमा मोटरसाईकल रहेका छन ।

ट्राफिक कार्यालयका अनुसार आर्थिक बर्ष २०६७ / २०७७ मा १२ वटा सवारीसाधन दुर्घटना भएको ,९ जनाको निधन भएको छ । यस्तै दुर्घटना बाट ३८ जना घाइते भएका छन । गत बर्षको तुलनामा यस बर्ष सवारी साधन कारवाही र राजस्व संकलनमा कमी भएकाे छ । गत बर्षमा ४ हजार ५ सय ८८ वटा कारवाहिमा परेका थिए भने २६ लाख ३ हजार राजस्वय संकलन भएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार