नायिका एलिजा गौतमले बाढीपहिरो पीडितलाई सहयोग गर्ने

नायिका एलिजा गौतमले बाढीपहिरो पीडितलाई सहयोग गर्ने

काठमाडौँ । नायिका एलिजा गौतमले सिन्धुपाल्चोकका बाढिपहिरो पीडित परिवारलाई आर्थिक सहयोग गर्ने भएकी छिन् । आफूले हालै अभिनय गरेको गीत आधी कपाल बोलको म्युजिक भिडियोबाट पाएको पारिश्रमिकबाट सिन्धुपाल्चोकका बाढि, पहिरो पीडित परिवारलाई पचास हजार रुपैयाँ सहयोग गर्न लागेको सामाजिक सञ्जाल फेशबुकमार्फत जनाएकी छिन् ।
गौतमले देशभरि अहिले बाढि, पहिरोले पारेको ठूलो जन धनको क्षतिले आफू दुखिद् भएको पनि बताएकी छिन् । उनले यो विपत्तिलाई सबैले मिलेर सामना गर्नुपर्ने र बाढि, पहिरोबाट जोगिन आवश्यक सतर्कता अपनाउनुपर्नेपनि बताएकी छिन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार