रुकुमेली समाज विकास केन्द्रको १४ औँ साधारणसभा सम्पन्न

रुकुमेली समाज विकास केन्द्रको १४ औँ साधारणसभा सम्पन्न

संगम देबकोटा
असोज ७ रुकुम पश्चिम
रुकुमेली समाज विकास केन्द्र रुकुमको १४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । रुकुमेली समाज विकास केन्द्र रुकुमले रुकुम पश्चिम , रुकुम पूर्व र दाङ गरी विभिन्न सात वटा परियोजना संचालन गर्दै आएको छ ।

जसमा एकिकृत परियोजना, खानेपानी तथा सरसफाइ , शिक्षा,स्वास्थ्य, खाद्य सुरक्षा तथा वातावरण संरक्षण परियोजना, पहाडी साना किसानका लागी अनुकुलन आयोजना, आर्थिक, भौतिक, साँस्कृतिक तथा लैङगिक समावेशी शसक्तिकरण जस्ता कार्यक्रमहरु संस्थाले संचालन गर्दै आइरहेको रुकुमेली समाज विकास केन्द्र रुकुमका कार्यकारी निर्देशक नरेन्द्र के सीले जानकारी दिनुभयो ।

 

रुकुमेली समाज विकास केन्द्र रुकुमले संचालन गरेको कार्यक्रमबाट महिला अहिले सम्म ३४ हजार ६ सय ३ र पुरुष १ हजार १ सय ९१ गरी जम्मा ५२ हजार ७ सय ९४ जनसङख्या र २३ हजार ४ सय ७४ घरधुरी लाभाम्वित भएको कार्यकारी निर्देशक केसीले जानकारी दिनु भयो ।

संस्थाले विभिन्न परियोजनाको कुल बजेट खर्च ६ करोड ८९ लाख २४ हजार १ सय २१ रुपैया खर्च भएको र ९ लाख ८८ हजार २ सय ७९ रुपैया २८ पैसा मौज्दात रहेको सोही संस्थाका कोषाध्यक्ष रमा गौतमले जानकारी दिनु भयो ।

साधारणसभामा बोल्दै मुसिकोट नगरपालिकाका उपमेयर प्रेमकुमारी सुनारले संस्थागत विकास गर्न सबै लाग्नु पर्ने बताउनु भएको छ । स्थानिय स्तरमा विभिन्न संघसंस्थाले गरेको कार्यबाट स्थानीयहरुको जिवनस्तर माथि उठाउनमा अहम भूमिका खेलेको भन्दै अझै व्यवस्थित गर्न स्थानिय सरकारसँग हातेमालो र सहकार्य गरेर अघि बढ्नु पर्ने समेत उपमेयर सुनारले बताउनु भयो ।

साधारण सभामा संस्थाले उत्कृष्ट कार्य गरेका ६ जना कर्मचारीहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा सुआहाराका फिल्ड सुपरभाइजर राधा मल्ल, दिपक केसी , सामुदायिक पोषण सहजकर्ता रिता देबकोटा , यमुना पुन, पहाडी साना किसानका लागी अनुकुलन आयोजनाका सामाजिक परिचालक जालमाया बुढामगर र तेज बहादुर ओलीलाई सम्मान गरिएको बताईएकोे छ ।

रुकुमेली समाज विकास केन्द्र रुकुमका अध्यक्ष नर बहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण कार्यकारी निर्देशक नरेन्द्र केसीले गर्नु भएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार