दाङमा मोटरसाइकल चोरी गर्ने १४ जना पक्राउ

दाङमा मोटरसाइकल चोरी गर्ने १४ जना पक्राउ

दाङ – प्रहरीले चोरीका मोटरसाइकल सहित दाङमा १४ जनालाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले आइतबार पत्रकार सम्मेलन गरी विभिन्न ठाउँबाट मोटरसाइकलसहित पक्राउ परेका १४ जनालाई सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका-१३ का सञ्जय परियार, घोराही १४ का समिर सुनार, सुवास सार्की, केन्द्रबहादुर डाँगी, घोराही १६ का सागर हमाल र घोराही १७ का निरज योगी रहेका छन् ।

त्यसैगरी लमही नगरपालिका-७ का धनीराम चौधरी, हेमन्त गिरी, पाल्टुराम चौधरी, प्रकाश चौधरी, राजपुर गाउँपालिका-२ का रविप्रताव बुढा, राजकुमार यादव, प्रियतम चौधरी र आयोज चौधरी चोरीका मोटरसाइकलसहित पक्राउ परेका हुन् ।

उनीहरुले विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गर्ने, नम्बर प्लेट परिवर्तन गर्ने र बेच्नेसमेत गर्दै आएको प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिनुभयो । साथै प्रहरीले यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरका कार्यालय सहयोगी तुलसीपुर उपमहानगरपालिका ४ का ४८ वर्षीय कृष्णप्रसाद खनाललाई सरकारी छाप किर्ते बनाइ नक्कली ब्लु-बुक बनाएको अभियोगमा पक्राउ गरेको छ ।

खनालसहित तुलसीपुर उप-महानपरपालिका-६ का अब्दुल हफिस सिद्धिकी, तुलसीपुर उपमहानपरपालिका-५ का चक्रबहादुर वली, जीवन पोख्रेल र विष्णु घिमिरेलाई पनि लु ४६ प ३५४१ नम्बरको सवारी दर्ता किताब, यातायात व्यवस्था कार्यालय दाङ लेखेको छाप, शाखा अधिकृतको छाप, विभिन्न व्यक्तिको नागरिकताको प्रमाण पत्र, सवारी चालक अनुमति पत्र, ब्लु-बुक, निरोगिताको दस्तखतसहित पक्राउ गरिएको एसपी चन्दले बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार