मृतक बृद्धको परिवारका सबैजनामा कोरोना पुष्टि

मृतक बृद्धको परिवारका सबैजनामा कोरोना पुष्टि

काठमाडौँ । बिहिबार सप्तरीमा मृत्यु भएका कोरोना संक्रमित बृद्धको परिवारका सबैजना सदस्यमा कारोना संक्रमण पुष्टि भएको छ ।

राजविराज नगरपालिका-६  का ७२ वर्षीय बृद्वको गत बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको दुई घण्टामै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा मृत्यु भएको थियो ।

मृत्यु भएका बृद्धकी पत्नी, छोरा, बुहारी र नाति, नातिनामासमेत कोरोना पुष्टि भएको हो । संक्रमण देखिएका सबैलाई आइसोलेसनमा ल्याउने तयारी भइरहेको राजविराज नगरपालिका-६ का अध्यक्ष प्रेम यादवले बताए । मृतक बृद्धको परिवार दुई साताअघि भारतबाट फर्किका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार