वायुसेवाका पाइलट र चालकदलका सदस्य कोरोना मुक्त

वायुसेवाका पाइलट र चालकदलका सदस्य कोरोना मुक्त

काठमाडौं । नेपाल वायुसेवा निगमका पाइलट र चालकदलका सदस्यहरू कोरोनामुक्त भएका छन् । निगमका ४ जना पाइलटसहित १४ जना संक्रमणमुक्त भएको नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभएको छ ।

पछिल्लो परीक्षणमा सबैको पीसीहार रिपोर्ट नेगेटिभ आएपछि सोल्टी होटलमा आइसोलेसनबाट घर पठाइएको प्रवक्ता खड्काले बताएकी छिन । असार २२ गते सोल्टी होटलको क्वारेन्टिनमा बस्ने क्रममा पाइलटसहित उडान कर्मचारीमा संक्रमण देखिएको थियो।

संक्रमण पुष्टि भएपछि एयरलाइन्सले सबैलाई ह्याम्स अस्पताल भर्ना गरेको थियो। तर पछि अस्पतालको उपचार शुल्क महंगो रहेको भन्दा पाँचौं दिनपछि संक्रमति सबैलाई सोल्टी होटलकै आइसोलेसनमा राखियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार