रुकुमकी शारदा शर्मालाई दुई लाख सहयोग

रुकुमकी शारदा शर्मालाई दुई लाख सहयोग

काठमाडौँ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका-१२ स्यानाखोलाकी २६ बर्षीया शारदा शर्मालाई बिदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन । जन्मजात दुबै खुट्टाले काम नगरेपछि हात टेकेर शरीर घिसार्दै संघर्ष गर्दै आएकि शारदाको बारेमा पत्रकार आर्दश केसीले हाम्रा खबर डटकममा समाचार लेखेपछि विभिन्न देश बाट उनलाई आर्थिक सहयोग संकलन भएको थियाे।

काभ्रे घर भई हाल साइप्रसमा बस्ने नेपाली जनसम्पर्क समितिको महामन्त्री ससरस्वती खनाल तिमल्सिना र झापा घर भई साइप्रस बस्ने शुसिला उप्रेती चुडालको पहलमा संकलन भएको २ लाख १० हजार रुपैया आज एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ ।

काठमाडौमा पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य सभासद गगन कुमार थापाले शारदाको लागि संकलन भएको उक्त रकम हस्तान्तरण गरेका छन। यस्तै सभासद थापाको निजि सचिवालय बाट शारदालाई १५ हजार रुपैयाँ सहयोग गरेका छन ।  सहयोग रकम हस्तान्तरण गर्दै थापाले परोपकारी कार्य गरि शारदाको बाँकि भविष्य उज्यालो बनाउने अभियानमा सहयोग गर्ने देश ,विदेशका सहयोगी दातालाई धन्यवाद दिएका थिए ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेस काभ्रे जिल्ला कार्यालय सचिव,बिनोद तिमल्सिना ,काभ्रे नेपाली काँग्रेस प्रवक्ता महेशराज पौडेल, काभ्रे क्षेत्र नम्बर २ का काँग्रेस सचिव आनन्द सापकोटा ,नेविसंघका पुर्व केन्द्रीय सदस्य भोला नेपाल , नेपाली काँग्रेस रुकुमका नेता तथा पुर्व नेविसंघ उपाध्यक्ष खडग डाँगी , नेपाल पत्रकार महासंघ रुकुमका उपाध्यक्ष लक्ष्मण केसी, नेविसंघ नेता सुशील खड्का लगाएतको सहभागीता रहेको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार