मुग्लिन–नारायणगढ सडक अझै पूर्णरुपमा अवरुद्ध

मुग्लिन–नारायणगढ सडक अझै पूर्णरुपमा अवरुद्ध

फाइल फाेटाे

काठमाडौँ । लगातारको वर्षाका कारण सोमबार बिहान आएको पहिरोका कारण मुग्लिन–नारायणगढ सडक खण्ड विगत २४ घण्टा भन्दा लामो समयदेखि अवरुद्ध रहेको छ । पहिरोका कारण बाटो अहिले सम्म सडक अवरुद्ध भएको हो ।

चार किलोमा खसेको पहिरोले पूर्णरुपमा अवरुद्ध भएको बाटो खुलाउने प्रयासमा लगातारको वर्षाले बाधा गरेको सडक आयोजनाले जनाएको छ । पहिरो खस्ने क्रम नरोकिएकाले बाटो खुलाउन समय लागेको हो ।

उक्त मार्ग भएर काठमाडौँ आउने यात्रुलाई वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरिएको छ । तर काठमाडौँको यात्राका लागि भने केही समय पर्खिनु पर्ने भएको छ । चितवन र धादिङ्गको सिमानामा रहेको मोवा खोलाको पुलमा क्षति पुगेकाले समय लाग्ने भएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार