अनावश्यक यात्रा नगर्न सडक विभागको आग्रह

अनावश्यक यात्रा नगर्न सडक विभागको आग्रह

काठमाण्डौ । देशका विभिन्न ठाउँमा बाढी पहिरोका कारण सडक अवरुद्ध भएकाले अनावश्यक यात्रा नगर्न सडक विभागले सबैलाई आग्रह गरेको छ ।

विभागका महानिर्देशक केशव शर्माका अनुसार त्रिभुवन राजपथ र विपी राजमार्गबाहेक अरु राजमार्गका ठाउँठाउँमा पहिरो गएकोले सडक अबरुद्ध भएको जानकारी दिएका छन ।

उनका अनुसार धेरै ठाउँमा पहिरो खसेको तथा केही ठाउँमा बेलिब्रिज नै बगाएकाले पानी नरोकिएसम्म बन्द भएका बाटो खुलाउन सम्भव कम रहेको छ । यस्तै आज मुग्लिन–नारायणगढ सडकको पहिरो सफा गर्ने तयारी भएको विभागले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार