नदीमा फसेका दुईजनाको सकुशल उद्धार

नदीमा फसेका दुईजनाको सकुशल उद्धार

काठमाडौँ । सर्लाहीको वाग्मती नदीको बाढीमा फसेका दुई जनाको सकुलश उद्धार गरिएको छ । सर्लाहीको बागमती नगरपालिका-१२ स्थित वाग्मती नदीको बाढीमा फसेका दुई जनालाई प्रहरीको टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उद्धार गरिएका दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

नदीमा दाउरा झिक्न गएका स्थानीय २४ वर्षीय डेटमान गोले र १६ वर्षीय निरज तितुङ्ग खोलाको बीच भागमा फसेपछि उनीहरुको उद्धार गरिएको प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

बाढीमा दुई जना युवक फसेको सूचना पाएपछि प्रहरी नायव निरीक्षक मोहनमणी कटुवालको नेतृत्वमा खटिएको ८ जना प्रहरीको टोलीले दुवै जनालाई सकुशल उद्धार गरेको कुँवरले बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार