पहिरोमा परी बेपत्ता श्रीमान्–श्रीमतीको शव भेटियो

पहिरोमा परी बेपत्ता श्रीमान्–श्रीमतीको शव भेटियो

फाईल फोटो

काठमाडौँ । पूर्व नवलपरासी नवलपुरको बुलिङटारमा पहिरोले घर पुरिँदा बेपत्ता भएका दुई जनाको शब फेला परेको छ । बुलिङटार गाउँपालिका-२ को डाँडाझेरीमा मङ्गलबार बिहान पहिरोमा पुरिएर श्रीमान् श्रीमती ज्यान गएको हो । पानी परिरहेकाले खोजी कार्यमा कठिनाइ भएको थियो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनबहादुर खाँणका अनुसार ज्यान गुमाउनेमा डाडाँझेरी टाँडीका ६१ वर्षीय शेरबहादुर नेपाली र उहाँकी श्रीमती ५७ वर्षीया खिनिमाया नेपाली रहेका छन् ।

सुतिरहेको समयमा मङ्गलबार बिहान ४ बजेको समयमा पहिरोले घर पुरिँदा दुवै जनाको ज्यान गएको हो । पहिरोमा पुरिएका दुवै जनाको शव स्थानीयले निकालेका हुन् । घरमा शेरबहादुर र उनकी श्रीमती रहेका थिए भने नजिकै रहेको अर्को घरमा छोरा बुहारी र नातिनातिनी सकुशल रहेका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार