भदौ १ गतेदेखि लामो दूरीका यातायात चल्ने

भदौ १ गतेदेखि लामो दूरीका यातायात चल्ने

काठमाडौँ । सरकारले सबै किसिमका लामो दूरीका यातायात भदौ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । मंगलबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिएका छन ।

पूर्वाधार तथा यातायात मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड पूरा गरी भदौ १ गतेदेखि छोटो, मध्यम र लामो दूरीका निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार