रुकुमकाे स्यार्पुतालमा पौडी खेल्ने क्रममा डुबेर १ जनाकाे शव फेेला, १ बेपत्ता

रुकुमकाे स्यार्पुतालमा पौडी खेल्ने क्रममा डुबेर १ जनाकाे शव फेेला, १ बेपत्ता

सांकेतिक तस्बिर

काठमाडौं । पौडी खेल्ने क्रममा डुबेर आज रुकुम पश्चिमकाे बाफिकाेट गाउँपालिकास्थित स्यार्पुतालमा बेपत्ता हुदा एक जनाकाे शव फेला परेकाे छ भने एक जना अझै बेपत्ता भएका छन ।

जिल्लाकाे बाफिकाेट- ५ का २३ बर्षका लाेक बहादुर  घर्तीकाे ताल छेउमा शव फेला परेकाे छ । उनीसंगै पौडी खेलेका  साेहि ठाउँका ३० बर्षका अनिल घर्ती भने बेपत्ता भएका छन ।

बेपत्ता अनिलकाे गाउँले र प्रहरीकाे सहयोगमा खाेजि कार्य भैरहेको गाउँपालिकाका प्राविधिक दल बहादुर ओलिले जानकारी दिएका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार