पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा : भदौ पहिलो हप्ता देखि सञ्चालन

पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा : भदौ पहिलो हप्ता देखि सञ्चालन

काठमाडौं । लकडाउनका कारण रोकिएको परीक्षा पूर्वाञ्जल विश्वविद्यालयले भदौ पहिलो साता सञ्चालन गर्ने भएको छ । बुधबार परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद संग्रौला द्वारा जारी सूचनामा विश्वविद्यालय अन्तर्गतका क्याम्पस र कलेजहरूमै परीक्षा केन्द्र कायम हुने उल्लेख छ ।

सरकारले भदौ १ देखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन खुल्ला गर्ने निर्णयसँगै विश्वविद्यालयले परीक्षाको तयारी गरेको हो । सरकारले तोकेको भौतिक दुरी तथा स्वास्थ्य सम्बन्धी निर्देशिका पालना गरेर पूर्व निर्धारित परीक्षाहरू सञ्चालन गर्न लागेको परीक्षा नियन्त्रक संग्रौलाले जानकारी दिए ।

यस्तै विस्तृत परिक्षा तालिकाहरु यथाशीघ्र प्रकाशित गरिने बताएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार