मुसिकोट । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट–१, खलंगामा अवस्थित जिल्लाकै जेठो विद्यालय त्रिभुवन जनता माध्यमिक विद्यालयको नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।
अभिभावक भेलाले मुसिकोट नगरपालिका निवासी गणेश केसीको अध्यक्षतामा ७ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो ।
समितिको सदस्यमा पवित्रा पाण्डे खड्का, खिमा ओली र चित्रा खड्का चयन हुनुभएको छ। सदस्यहरु पनि सबै सर्वसम्मत चयन भएका हुन् ।
यस्तै, समितिमा शिक्षक प्रतिनिधि, शिक्षक–अभिभावक संघका अध्यक्ष र विद्यालयका प्रधानाध्यापक सदस्य रहने व्यवस्था छ ।
त्रिभुवन जनता माध्यमिक विद्यालय २००९ साल असोज १ गते स्थापना भएको हो । विद्यालयले रुकुम पश्चिमको शैक्षिक विकासमा लामो समयदेखि योगदान पुर्याउँदै आएको छ ।

