गण्डकीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

प्रतिकात्मक तस्बिर

काठमाडौं । गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पर्वतमा २, स्याङजामा १ र कास्कीमा २ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ५० पुगेको छ। संक्रमितलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको जनाइएको छ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ९१ पुगेको छ।

नेपालमा भने कोरोना संक्रमितको संख्या १८ हजार ९९ पुगेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार